देशका अधिकांश स्थानमा वर्षा, प्रदेश १ मा भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति भने प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तो भोलि सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सोमबार राति भने प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी मंगलबार भने प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित : 24 July, 2022

प्रतिक्रिया दिनुहोस्