सत्ता टिकाउन नागरिकता विधेयक पारित गरिनु सरकारको नालायकीपन होः महासचिव पोखरेल

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयविरुद्ध नेकपा एमालेले विरोध प्रदर्शन गर्ने भएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही साउन १६ गते नागरिकता विधेयकविरुद्ध प्रदर्शनको तयारी गरिरहेको जानकारी दिएका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपाली चेलीले भारतबाट जुन अधिकार प्राप्त गरेका छन् त्यो भन्दा बढी सुविधा दिने व्यवस्था उचित नभएको बताए । उनले सत्ता र गठबन्धन टिकाउन विधेयक पारित गरिनु यो सरकारको नालायकीपन भएको टिप्पणी गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किए लगतै उनकै अग्रसरतामा विधेयक पारित गरिएको र यसले शंका पैदा गरेको महासचिव पोखरेलले बताए ।

विगतमा नागरिकता विधेयक अगाडि बढाउन नहुने अडानमा रहेको माओवादी केन्द्रको भूमिका अहिले शंकाको घेरामा रहेको उनको भनाइ छ ।

प्रकाशित : 24 July, 2022

प्रतिक्रिया दिनुहोस्