एनएमसीको विशेषज्ञ परीक्षामा १४९ चिकित्सक अनुत्तिर्ण

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको परीक्षामा १४९ चिकित्सक अनुत्तिर्ण भएका छन् ।

काउन्सिलले शनिबार लिएको २३ औँ विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए ।

उक्त परीक्षामा ३२५ (६८.६) प्रतिशत उत्तिर्ण र १४९ (३१.४ प्रतिशत) अनुत्तिर्ण भएका छन् ।

परीक्षामा विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी भएका थिए ।

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो ।
यसभन्दा अगाडि २१ माघ र २२ गते लिएको विशषेज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

हाल मुलुकमा करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।

प्रकाशित : 24 July, 2022

प्रतिक्रिया दिनुहोस्