छैटौँ महिला साफ च्याम्पियनसिपको आयोजना हुदै

काठमाडौँ । साउन ८, महिला साफ च्याम्पियनसिप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरु हुदै छ । अखिल नेपाल फुटबल सङ्घ ( एन्फा ) को वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अनुुसार महिला साफ च्याम्पियनसिप रङ्गशालामा गर्ने निर्णय भएको हो ।

एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान सहभागी हुँदैछन् ।
नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।