नेपाली सुपरमोडल अञ्जली अब विश्वचर्चित फेसन म्यागजिन ( भग ) को कभरमा

काठमाडौँ । साउन ८, विश्वचर्चित फेसन म्यागजिन भगले नेपाली सुपरमोडल अञ्जली लामालाई कभर पृष्ठमा स्थान दिएपछी अब भको कगभरमा नेपाली सुपरमोडल अञ्जली लामा देखिने भएकी छन् । ‘फेसनको बाइबल’ समेत मानिने भगको कभरमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् ।
यसअघि फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले कभरमा स्थान दिएको थियो । अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङमा होमिएकी अञ्जलीले न्युयोर्क फेसन विकमा र्याम्प नापेकी छन् भने उनी हालै छायांकन सम्पन्न एक बलिउड(हलिउड संयुक्त ) लगानीको फिल्ममा पनि देखिएकी छन् ।
भगको कभरमा आउनु फेसनकर्मीको सपना समेत बन्ने गर्छ । भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा अञ्जलीलाई देख्न पाइनेछ ।