सिन्धुपाल्चोक केन्द्र भएर ४.७ म्याग्नेच्युटको भूकम्प

काठमाडौँ । साउन ९, काठमाडौँसहित आसपासको क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस भएको थियो । बिहानै आएको भूकम्पले मानिसहरुलाई अत्याएको थियो ।