भारतको १५औँ राष्ट्रपति : मुर्मूद्वारा शपथ ग्रहण

सहयात्रा टिभी

काठमाडौँ । साउन ९,  भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गर्नु भएको छ ।

द्रौपदी मुर्मूलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ खुवाउनु भएको हो । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी दिनुभएकी मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

मुर्मू आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बन्नु भएको छ ।
सन् १९५८ को जुन २० तारिखमा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा जन्मिएकी उहाँ झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

उहाँले सन् २०१५ देखि सन् २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गर्नुभएको छ । पारिवारिक जीवनमा निकै सङ्कट भोगेकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाउनुभएको थियो ।

प्रकाशित : 25 July, 2022

प्रतिक्रिया दिनुहोस्