साफ यु-२० च्याम्पियनसिप: नेपालले आज श्रीलंकाको सामना गर्ने

सहयात्रा टिभी

काठमाडौँ । साउन ११, पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपालले साफ यु-२० च्याम्पियनसिपमा आज श्रीलंकासँग खेल्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बेलुकी ७ : १५ बजे नेपाल र श्रीलंकाबीचको खेल सुरु हुनेछ ।

नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।

नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित : 27 July, 2022

प्रतिक्रिया दिनुहोस्