दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३१ जना घाइते, ६ जनाको अवस्था गम्भीर
सहयात्रा टिभी
काठमाडौँ । साउन ११, नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।
कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिरनजिक बस दुर्घटना भई आगलागी भएको हो।
पल्टिएको बसमा भएको आगलागीमा परेर घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिए ।
सख्त घाइते ६ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।
अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।