जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

काठमाडौँ । साउन ११, जंगली ( विषालु ) च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् ।मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए ।
च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए । त्यसलगत्तै उनीहरूलाई स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जानकारी आएको छ ।
बिरामी पर्नेमा मेलौली नगरपालिका–५ खलीगाडका स्थानीय एकै परिवारका १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् ।