कोरोनाको नयाँ भेरियन्ट आउने निरन्तरता सँगै, पटकपटक खोप लगाउनै पर्ने

काठमाडौँ । साउन ११, ओमिक्रोनको सबभेरियन्ट (बी फाइभ) बाट नेपालमा कोरोनाको अर्को लहर सुरु भएको छ । अन्य भाइरस जस्तै कोरोना भाइरस मानव समुदायमा सधैं रहिरहने छ । नयाँ–नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनै पर्ने भएको छ । किनकी पटकपटक संक्रमण हुँदा दीर्घकालीन समस्या देखिन्छ ।
ओमिक्रोन तुलनात्मक रुपमा अरु भेरियन्टभन्दा कमजोर भएपनि निकै संक्रामक रहेकाले खोप लगाएका मानिसलाई पनि संक्रमित गराउने जनस्वास्थ्यविज्ञहरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ प्रभात अधिकारीका अनुसार, कोरोना : रुघाखोकी, ज्वरोकै रुपमा घुमिरहने भएकाले यसबाट बच्न प्रत्येक वर्ष खोप लगाउनुपर्ने ।
किनकी पटक–पटक संक्रमण हुँदा जटिलता आउने, पटके संक्रमणले मानिसको अंगहरुमा समस्या बढेर पक्षघात, मस्तिष्कघात, हृदयाघातसम्म हुनसक्ने, जानकारी आएको छ ।
नेपालमा विगत ११ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ । सङ्क्रमणको कारण मृत्यु हुने अधिकांशले कोरोनाभाइरस विरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जानकारी प्राप्त भएको छ ।