श्रीलंकाबाट भागेका पूर्वराष्ट्रपति गोटाबाया पुन: स्वदेश फर्कन इच्छुक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । साउन ११, श्रीलंकाली सरकारका प्रवक्ता बान्दुला गुणबद्र्धनले पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे घर फर्कन इच्छुक रहेको बताएका छन् ।श्रीलंकाका नागरिकले गरेको प्रदर्शन उग्र भए पछी देश छोडी भागेका पूर्वराष्ट्रपति गोटाबाया पुन: स्वदेश फर्कन इच्छुक भएका छन् ।
अहिले सिंगापुरमा रहेका गोटाबाया श्रीलंका(स्वदेश) फर्कन इच्छुक रहेको तर कहिले फर्कने भन्ने टुंगो नलागेको जानकारीमा आएको छ ।
देश आर्थिक संकटमा फसेपछि नागरिकले गरेको प्रदर्शन उग्र बन्दै गएपछि उनी भागेका थिए । माल्दिभ्स हुँदै सिंगापुर पुगेका उनले त्यहीबाट राजीनामा पठाएका थिए ।
सिंगापुर सरकारका अनुसार गोटाबायाले राजनीतिक शरण मागेका छैनन् । उनले नियम अनुसार सिंगापुरमा बस्नका लागि १४ दिनको भिषा लिएका थिए । उनको भिषाको म्याद फेरि १४ दिन थपिएको छ ।