आज विश्व हेपाटाइटिस दिवस: रोग लाग्नबाट कसरी बच्ने ?

काठमाडौँ । साउन १२, आज विश्व हेपाटाइटिस दिवस नेपाल लगायत विश्वभर विभिन्न प्रकारका कार्यक्रमहरू गरेर मनाइने गरिन्छ । हरेक वर्षको जुलाई २८ तारिखमा हेपाटाइटिस विरुद्ध जनचेतना फैलाउन भन्दै यो दिवस मनाइन्छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस रोग लाग्ने गर्दछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको अनुसार यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर हुने सम्भावना हुन्छ । विभिन्न विषादीको सङ्क्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रूपमा हेपाटाइटिस भाइरस ‘ए’ ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ पर्छन् ।
यो सामान्यतया विषादी मिश्रित खाना वा पानीले फैलिने गर्छ । पर्याप्त रूपमा नपकाइएका माछा तुलनात्मक रूपमा यसको सामान्य स्रोत हो । यो सङ्क्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क गर्नाले पनि फैलन सक्छ ।
सङ्क्रमित बालबालिकामा प्रायः लक्षणहरू नदेखिने भए तापनि उनीहरूबाट यो सङ्क्रमण अन्यमा सर्न सक्छ । एक पटक सङ्क्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि सङ्क्रमित हुँदैन । यो रोग लागेको पत्ता लगाउन रगत परीक्षण गर्न आवश्यक हुने उनको भनाई छ । उनका अनुसार सामान्यतया यही रोग लागेको हो भनेर भने थाहा पाउन गा¥यो हुने भएकाले यसको समय समयमा परिक्षण गराउनु पर्ने हुन्छ ।
यो रोग रोकथामका अन्य उपायमा हात धुने र खानेकुरालाई राम्ररी पकाउने आदि पर्छ । वाकवाकी वा पखाला लागेमा आवश्यकता अनुसार विश्राम र औषधिको सिफारिस गरिने डाक्टर पुनले बताए ।
यो रोग सरसफाइको अवस्था एकदमै नाजुक भएका र शुद्ध पिउने पानी उपलब्ध क्षेत्रमा बढी देखिने उनले बताए । यो रोग सर्नुका प्रमुख माध्यम भनेको प्रत्यक्ष सम्पर्कबाट हो । जस्तैः दूषित र ब्लड प्रोडक्ट ट्रान्सफ्युजनले गर्दा, ड्रगको कुलतमा फसेकाहरूले एउटै सुई धेरैले प्रयोग गर्दा, दाह्री काट्ने ब्लेड, दाँत माझ्ने ब्रस सेयर गर्दा पनि सर्न सक्छ । हेपाटाइटिस क्यारियर अङ्गदान मिर्गौैला, मुटु, कलेजो आदि बाट पनि सर्न सक्छ
त्यस्तै तेस्रो माध्यम भनेको रोगी आमाबाट जन्मेका बच्चाहरूमा सर्छ । तर यो भाइरस एचआईभी भाइरस भन्दा बढि घातक हुन्छ भन्ने कुरा भने समाजमा भ्रम मात्र सिर्जना गरिएको डाक्टर पुनको भनाई छ ।
वाकवाकी लाग्ने, वान्ता हुने, पखाला लाग्ने, छाला पहेँलो हुने, ज्वरो आउने र पेट दुख्ने यसका लक्षणहरुमा पर्दछ । कतिपय अवस्थामा यसको केही मात्र लक्षणहरू देखिन गर्छ वा लक्षण नदेखिनसमेत सक्ने उनले बताए । त्यसकारण रोकथामका लागि हेपाटाइटिस विरुद्धको खोप अनिवार्य रुपमा लगाउनु पर्ने उनको भनाई छ ।