कोरोना भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको चीनको वुहानमा फेरि लकडाउन

सहयात्रा टिभी

काठमाडौँ । साउन १२,  कोरोना संक्रमणको फैलावट रोक्न र भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ ।
बीबीसीका अनुसार अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भए पछि तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको जनाएको छ । अहिले करिब १० लाख जनसंख्या रहेको वुहानको जियाङ्गसिया क्षेत्रमा  आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ।

सन् २०१९ डिसेम्बरमा वुहानमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला पारे पछि त्यहाँ बाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो ।अहिले विश्वभर झन्डै ५८ करोड नागरिक सङ्क्रमित भएका छन् । तीमध्ये ५४ करोड ८६ लाख निको भएका छन् । ६४ लाख १० हजारभन्दा धेरै मानिसले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

वुहानको जियाङ्सीयामा सङ्क्रमण देखिएका ठाउँमा कडा नियम लागू  गरिएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेशन तथा नियमको पालना र लकडाउन समावेश छन् । लगातारजसो भइरहने प्रतिबन्धका कारण  चीनको  जनजीवन प्रभावित बन्दै आएको छ ।

 

 

प्रकाशित : 28 July, 2022

प्रतिक्रिया दिनुहोस्