पदाधिकारीसहित पोलिटब्युरो टुंगो लगाउन माओवादी नेताहरुको माग

सहयात्रा टिभी

काठमाडौँ । साउन १२,  नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाएर जानुपर्ने माग गर्दै दबाब दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले बोल्ने क्रममा पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउन आफ्ना धारण अघि सारेका हुन् ।

बैठकमा नेताहरु पाँच दलीय गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण,आगामी संघ र प्रदेशको चुनावी रणनीति सहित समसायमयिक विषयमा धारणा राखेको साथै आगामी प्रदेश र संघको चुनावमा कुन योजना र रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा पनि  नेताहरुले आ आफ्नो धारणा राखेको जानकारी दिएका छन्।

राष्ट्रिय सभाको बैठक बस्नु पर्ने भएकाले बैठक आजलाई सकिएको छ । भोलि पुन विहान ८ बजे बैठक बस्ने छ । बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद र स्थानीय चुनावमा भएको अन्तर्घातका विषयमा समेत छलफल हुने बताएको छ । यहीँ स्थायी समिति बैठकबाट स्थायी समिति र पोलिटब्युरोको टुंगो लग्नु पर्ने
अनुमान रहेको छ ।

प्रकाशित : 28 July, 2022

प्रतिक्रिया दिनुहोस्