संसदीय समितिको निष्कर्ष : सीसीटीभी फुटेजको प्रमाणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको खुलासा

सहयात्रा टिभी

काठमाडौँ । साउन १३, संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश  नदेखिएको निष्कर्ष निकालेको छ । समितिले  छानबिन र संकलन गरेका प्रमाणका आधार र प्राप्त भएको सीसीटीभी फुटेजको प्रमाण पेश गरेको थियो ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा प्रतिवेदन पेश गरेका हुन् । जसमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ ।

अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन संसदमा पेश गरेको थियो ।
अध्ययनलगायत हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश नरहेको प्रतिवेदनको निष्कर्षमा भनिएको छ, अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’
सो नदेखिएपछि करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक नरहेको जानकारी दिए ।

 

 

प्रकाशित : 29 July, 2022

प्रतिक्रिया दिनुहोस्