बाबुराम भट्टराई समाजवादी पार्टीको नेतृत्व गर्नमा अघि सर्दै
काठमाडौँ । साउन १३, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई नेपाल समाजवादी पार्टीको नेतृत्व गर्नमा अघि सर्दै पदाधिकारी को/को हुने भन्ने तय भइसकेको छैन।
समावेशी लोकतान्त्रिक पार्टीको नाम, विधान, झन्डा र छाप निर्वाचन आयोगले अद्यावधिक गरिदिएपछि बिहीबार नेपाल समाजवादी पार्टी दर्ताको निर्णय भएको थियो।
भट्टराईनिकट पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी गत फागुनमा निर्वाचन आयोगमा दर्ता भएको थियो।
लामिछाने नेतृत्वमा दर्ता भएकै पार्टीको चुनाव चिन्ह यथावत् राख्दै नाम, झन्डा र छाप भने अद्यावधिक गरेर नेपाल समाजवादी पार्टी बनाइएको हो। नयाँ गठन हुने पार्टीमा कति जना अध्यक्ष रहने र केन्द्रीय सदस्यहरू को(को हुने भन्ने तय भइसकेको छैन।
भट्टराई कस्तो ‘मोडल’ अपनाउने भन्नेमा छलफलमै छन् । आयोगमा कम्तीमा २१ जना केन्द्रीय सदस्यको नाम बुझाउनुपर्ने हुन्छ। आफूहरूसहित भट्टराईले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, वामदेव गौतमले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियानलगायतलाई समाजवादी केन्द्रमा अटाउन चाहेका छन्।