जापान जाने सपना : विमानस्थलमै हत्कडीले झस्कायो

सहयात्रा टिभी

काठमाडौँ । साउन १३, कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जाने तयारी भै लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेकी थिइन्। उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी झस्कीन पुगिन ।

बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो । त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् । जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन्

तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चाररपाँच जना प्रहरी पुगेर उनलाई केरकार गर्न थाले । सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको बताइन्, र कुनै अपराधमा संलग्न नभएको दाबी पनि गरिन्’ तर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी द्धारा कोहलपुरमा हत्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी झस्कीन् ।

पक्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा हत्कडी लगाई वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै सिमीत  रहयो ।  उनीविरुद्ध अहिले विस्तृत अनुसन्धान भइरहेको छ । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
२ वैशाख २०७८ मा कोहलपुर–११, बाँकेमा २१ वर्षीया सर्जन विक चढेको मोटरसाइललाई मिनी बसले ठक्कर दिएको थियो । त्यसक्रममा ज्यान गुमाएका विकको २ करोड ५० लाख रुपैयाँको बीमा थियो ।

बीमा गरेको एक महिनामै उनको मृत्यु भएपछि बीमा कम्पनीलाई शंका लाग्यो र सीआईबीमा ठगी कसूरमा उजुरी गर्यो । अनुसन्धानका सिलसिलामा बीमा रकम हत्याउनैका लागि सपनाको विकसँग नक्कली विवाह गराइएको खुलेको अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरीले जानकारी दिए ।

प्रकाशित : 29 July, 2022

प्रतिक्रिया दिनुहोस्