आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । साउन १४, अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

मानव बेचबिखनविरुद्धको १६ औँ राष्ट्रिय दिवस आज विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो ।

मानव बेचबिखन विरुद्ध काम गर्दै आएका सरकारी तथा गैह्र सरकारी संस्थाको आयोजनामा आज विभिन्न कार्यक्रम आयोजना हुँदैछन् ।

सार्कको ११औँ सम्मेलनवाट पारित वेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासम्धी २००२ लाई दोस्रो जनआन्दोलनबाट पुनः स्थापित संसद्ले २०६३ भदौ २० गते अनुमोदन गरेको थियो ।

प्रकाशित : 30 July, 2022

प्रतिक्रिया दिनुहोस्