खोटाङ केन्‍द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

सहयात्रा टिभी

काठमाडौँ । साउन १५, खोटाङलाई केन्द्रविन्दु बनाएर आज बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर बिहान ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

खोटाङका साथै त्यस आसपासका जिल्ला तथा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका परकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

प्रकाशित : 31 July, 2022

प्रतिक्रिया दिनुहोस्