अमेरिकी राष्ट्रपति बाइडेन फेरि कोरोना संक्रमित

सहयात्रा टिभी

काठमाडौँ । साउन १५, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेरि कोरोना संक्रमण भएको छ । उनका चिकित्सकले फेरि संक्रमण देखिएको बताएका छन् । यसअघि जुलाई २१ मा बाइडेनलाई पहिलोपटक कोरोना पोजेटिभ देखिएको थियो ।

सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि गत मंगलवारदेखि शुक्रवारबीच गरिएको चार पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

शनिवार बाइडेनले आफूलाई कोरोनाको कुनै लक्षण महसुस नभएको र आफ्ना आसपासका मानिसहरुका लागि आफू स्वयम् आइसोलेट भएको बताएका थिए ।

बाइडेन फेरि संक्रमित भएपनि उनलाई फेरि उपचार आवश्यक नभएको यद्यपि, निगरानी भने आवश्यक रहेको चिकित्सकले बताएका छन् ।

प्रकाशित : 31 July, 2022

प्रतिक्रिया दिनुहोस्