गठबन्धनले घाटा अबको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने : माधव नेपाल
सहयात्रा टिभी
काठमाडौँ । साउन १५, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको र यसले आफ्नो पार्टीलाई घाटा लागेको पनि बताएका छन्।
‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’
अबको संघरप्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्न सबै बफादर हुनुपर्छ । एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’