पपस्टार शकिराविरुद्ध कर छली अभियोगमा मुद्दा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । साउन १५ , चर्चित पपस्टार शकिरा यतिबेला स्पेनमा कर छली अभियोगको सामना गरिरहेकी छन् । अभियोजनकर्ताले यस मुद्दामा उनीमाथि आठ वर्षको जेल सजाय र ३४ मिलियन युरो क्षतिपूर्तिको मागदाबी गरेको छ ।
सन् २०१८ मै उनलाई कर छलीको अभियोग लगाइएको थियो । अहिले अदालतमा पुगेको छ । यस हप्ताको सुरुवातमा शकिराले मुद्दालाई सुल्झाउने र बन्द गर्ने प्रस्तावलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
उनी आफू निर्दोष हुने कुरामा पूर्ण विश्वस्त रहेको र यो मुद्दालाई उनीले आफ्नो अधिकार उल्लंघनको रुपमा लिएको जनाएको छ ।
सन् २०१२ देखि २०१४ मा स्पेन बसेकी उनले आफ्नो निजी निवासलाई कतै स्थानान्तरणको प्रयास गरेकी थिइन् । स्पेनमा ६ वर्षभन्दा बढी समय बिताउने बासिन्दालाई कर प्रयोजनका लागि योग्य मानिने कानुन छ । तर उक्त समयमा आफू स्पेनमा त्यति धेरै समय बसोबास नगरेको शकिरा दाबी गर्छिन् ।
सन् २०१२ मा शकिराले बार्सिलोनामा घर किनेकी थिइन् जुन उनी र उनका तत्कालीन पार्टनर तथा बार्सिलोनाका फुटबल स्टार जेरार्ड पिकेको पारिवारिक घर भएको थियो । तर शकिरा र पिकेले सम्बन्ध विच्छेद गरिसकेका छन् । यद्यपि, यो मुद्दामा पिके पनि तानिने अनुमान गरिएको छ ।