रंगशालाको विषय टुंगिएपछि, फिल्ममा फर्किने तयारीमा धुर्मुस

काठमाडौँ । साउन १५ , फिल्म ‘सेन्टीभाइरस’ रिलिजसम्म धुर्मुस नामले चर्चित अभिनेता सीताराम कट्टेलको कलाकारिताको गति एकनासले अघि बढिरहेको थियो । यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले जानकारी दिए।
जब भरतपुरमाअन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले उनको यो गति कतै अलमलियो । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा छन् ।
धुर्मुस केही क्यारेक्टरमा काम गरिरहेका छन् र तीमार्फत उनी टेलिसिरियलमा फर्किने तयारीमा छन् । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् । सीतारामले निर्माण गरेको फिल्म सेन्टीभाइरस सन् २०२० मा रिलिज भएको थियो ।
त्यसलगत्तै कोरोना महामारी सुरु भएको थियो । धेरै काम गर्न बाँकी थिए, बीचमा अधुरै भए । समयले पनि सबैतिर परिबन्दमा परेकोमा दुख: व्यक्त गर्दै अब गर्ने कलाकारिता नै हो, कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे पछि जानकारी दिने बताए ।