केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छोराछोरी र नातिनातिनासम्मलाई समस्या पार्ने आफ्नै वुवाको नाम ‘कुकुर’

सहयात्रा टिभी

काठमाडौं । साउन १६,  दैलेखमा   २०१७ पुस २५ गते जन्मनुभएका कविराम कामीलाई तत्कालीन मेहेलतोली गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता दिइएको हो । नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कबिराम भुन्टो कामीका कान्छो छोरा हुनुहुन्छ । कविरामभन्दा अघि ६ जना दाजुहरु जन्मिएका थिए । तर जन्मनेबित्तिकै दाजुहरुको ज्यान गयो । सातौँ सन्तानको रुपमा जन्मिएका कविरामको नाम कुकुर राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून् भनेर राखिएको नाम थियो ‘कुकुर’ । २०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेको कारण कविराम ३३ वर्षयता गाउँसमाजमा हुने भेलामा जान छोड्नुभएको छ ।


नागरिकताको प्रमाणपत्रमा १९९० मा जन्मेको मान्छेको २०९० उल्लेख भएको, बाबुभन्दा छोरो जेठो हुने गरी जन्ममिति लेखिएको, शैक्षिक योग्यताका कागजमा एउटा नाम थर तर नागरिकतामा फरक उल्लेख भएको लगायतका त्रुटि धेरै देखिन्छन् । त्यस्तै गोरे खत्री लेख्ने ठाउँमा गोरु खत्री भएको, इमानसिंह भारतीलाई बेइमानसिंह भारती जस्ता नियतवश नाम बिगारिएका उदाहरण पनि छन् । दैलेखमा त आफ्नो नाम कविराम कामी लेख्न भन्दाभन्दै नागरिकता बनाउने टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको भेटिएको छ ।

राशीको नाम कविराम आएको थियो, बाँचून् भनेर ‘कुकुर’ नाम भन्ने गरिएका कान्छो छोरा संयोग नै होला बाँच्नुभयो । उहाँ त बाँच्नुभयो तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण उहाँ आफैँ, श्रीमती, सात छोराछोरी १३ नातिनातिनीहरु फलानोको श्रीमती, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न गाह्रो हुने गरेको छ ।

प्रकाशित : 1 August, 2022

प्रतिक्रिया दिनुहोस्