महादेव शिवको अपमान गरेको भन्दै आएको कन्टेन्टमा माफी माग्दै : माग्नेबुढा

सहयात्रा टिभी

‘काठमाडौं । साउन १६, कमेडी हब’ कार्यक्रमका निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ ले महादेव शिवको अपमान गरेको भन्दै आएको कन्टेन्टमा माफी मागेका छन् ।

कार्यक्रममा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान महादेवबारे बनाइएको विषयप्रति आफ्नो त्रुटि भएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन् । मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेब महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरु बाट आएको प्रतिक्रियाप्रति ध्यानाकर्षण गर्दै उनलेमाफी मागेका छन् ।

कन्टेन्टमा अगाडि लेखेका छन् ‘अन्जान मै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरु समक्ष हामी क्षमा माग्दछौ ।’ यससम्बन्धी कन्टेन्ट युट्युब, टिकटक र फेसबुकलगायतबाट हटाइसकेको उनको भनाइ छ। कमेडी श्रृंखला ‘कमेडी हब’ मार्फत भगवान शिवको अपमान गरेको भन्दै आलोचना भएपछि उनले माफी मागेका हुन् ।

 

प्रकाशित : 1 August, 2022

प्रतिक्रिया दिनुहोस्