नारायणीको सतह खतरा नजिक, सतर्कता अपनाउदै भारतले गण्डक बाँधको ३६ ढोका खोले

सहयात्रा टिभी

काठमाडौं । साउन १७,  अविरल वर्षापछि आएको बाढीले नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँँधकाउच्च सतर्कता अपनाउदै भारतले ३६ ढोका (फाटक ) खोलेको छ। दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो।

देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र ९तटीय क्षेत्र० मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले गण्डक बाँधको ढोकाको चाबी खोलेको हो। पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ।

ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्ने थियो । नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ।

गण्डक बाँधको क्षमता प्रतिसेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने रहे पनि पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न सक्दैन।

भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काका अनुसार बाँधमा ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिने गरेकोमा मंगलबार २ लाख ९७ हजार प्रति सेकेण्डको बेगले पानी बगेको छ। पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने खड्काले बताएका छन् । यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। (((((सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरुको व्यवस्थापन र उद्दारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

 

प्रकाशित : 2 August, 2022

प्रतिक्रिया दिनुहोस्