अमेरिकाले चीनलाई उत्तेजित बनाएर अशान्ति फैलाउन खोजेको नेमकिपा बिजुक्छेको आरोप

काठमाडौं । साउन १८, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलेले अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको आरोप लगाएका छन्।
अध्यक्ष नारायणमान बिजुक्छेले बुधबार एक विज्ञप्ति जारी गरी अमेरिकी प्रतिनिधिसभाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेका हुन् ।
‘चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तोजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्दै आएको सर्वविदित छ’ अध्यक्ष बिजुक्छेले भनेका छन् ।
विगतमा एक चीन नीतिलाई स्वीकार गरे पनि अमेरिकाले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति भएको नेमकिपाले बताएको छ ।