विभिन्न लागू औषधसहित २२ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । साउन १८,  खैरो हेरोइन डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेट लगायत अवैध लागुऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट २२ जनाभन्दा बढी व्यक्ति पक्राउ परेका हुन, पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेका र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको जानकारीमा आएको हो । पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेका बताइएको छ । प्रहरीको अनुसार आधिकारिक रूपमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो । व्यूरोका  अनुसार  पछिल्लो समय लागुऔषधसहित विदेशी नागरिक बढी पक्राउ पर्दै आएका थिए । यस पाली भने नेपाली नागरिकहरुनै समातिएका छन् ।

 

 

 

प्रकाशित : 3 August, 2022

प्रतिक्रिया दिनुहोस्