एक दिनमा मात्र ९ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं । साउन १८,  पछिल्लो एक दिनमा मात्र ९ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पीसीआर र एन्टिजेन गरी ६ हजार दुई जनाको नमुना परीक्षण गर्दा नौ सय १५ जनामा सङ्क्रमीत भेटिएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय एक जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यसैबीच पछिल्लो २४ घण्टामा ५५ हजार पाँच सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 3 August, 2022

प्रतिक्रिया दिनुहोस्