श्री एयरलाइन्सको इन्जिनमा धुवाँ देखिएपछि आपतकालीन अवतरण

सहयात्रा टिभी

काठमाडौं । साउन १९, नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन (एएनएफ) जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको जानकारी प्राप्त भएको छ ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । विमान उडेको केहीबेरमा पाइलटले केही समस्या भएको जानकारी गराएपछि विमान नेपालगञ्जमै फर्काइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

विमानमा झन्डै ८० जना यात्रु थिए बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । फेरि नेपालगञ्ज फर्किएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा भएका सबै यात्रुलाई बाहिर निकालिएको छ भने अहिले जहाज सुरक्षित अवतरण भै पार्किङमा राखिएको छ ।

 

 

 

प्रकाशित : 4 August, 2022

प्रतिक्रिया दिनुहोस्