नेपाली खेलाडीको सपना बी-बोइङ पनि ओलम्पिकमा, दीपक लामाले पाए छात्रवृत्ति

काठमाडौं । साउन १९, सन् २००९ देखिनै नेपालमा बी रबोइङप्रति युवा पुस्ताको आकर्षण बढेको देखिन्छ । शरीरलाई लचकदार बनाएर आश्चर्यजनक स्टेपबाट दर्शकलाई मनोरन्जन दिलाउने नृत्य विधा नै बी रबोइङ हो ।
सन् २०१८ मा अर्जेन्टिनामा आयोजित युथ ओलम्पिकमा परीक्षण गरिएको डान्स स्पोर्टसअन्तर्गत ब्रेकिङ डान्स (बी -बोईङ ) लाई पेरिस ओलम्पिकमा आधिकारिक खेलका रुपमा समावेश गरिएको थियो । त्यसै क्रममा नेपालका एका तेक्वान्दो सिक्दै गरेका दीपक लामालाई पनि आकषिर्त गर्यो । युट्यूबमा भिडियो हेर्दै नाच्न थाले । त्यही बी- बोइङ उनका लागि सन् २०२४ मा हुने पेरिस ओलम्पिकसम्म पुग्नसक्ने बाटो बनेको छ ।
आईओसीको कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटीले पेरिस गृष्मकालीन ओलम्पिकका लागि नेपालका १० खेलका १० खेलाडीलाई ओलम्पिक सोलिडारिटी छात्रवृत्ति दिएको छ । डान्स स्पोर्टसबाट दीपकले छात्रवृत्ति पाएका थिए ।
झण्डै एक दशकदेखि बी बोइङ गरिरहेका २३ वर्षका दीपक लामाले थुप्रै इभेन्टमा भाग लिई विजेता भैसकेका दीपक लामाले गत असारमा भएको राष्ट्रिय च्याम्पियनसिपको वान भर्सेस वान इभेन्टमा पनि उपविजेता बनेका थिए ।
उनलाई पेरिस ओलम्पिकसम्म पुग्न सघाउने उद्देश्यले आगामी सेप्टेम्बरदेखि लागू हुने यो छात्रवृत्तिमा उनले मासिक ७५० अमेरिकी डलर आर्थिक सहयोग पाउने छन् । यो रकमबाट मेन्टर राखेर अभ्यास गर्नेदेखि विदेशमा गएर प्रशिक्षण गर्न सहज हुनेछ । उनी अहिले भक्तपुरको घलाँतेस्थित निवासबाट दैनिक प्रशिक्षणका लागि धापासी सम्म पुग्ने गरेको हामिलाई जानकारी मिलेको छ ।