आगामी निर्वाचन एकै चरणमा हुने घोषणा पछि गठबन्धनका नेताहरू छलफलमा जुटे

काठमाडौं । साउन २०, मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।आज सोही विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरूबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी तालमेल, सिट बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफलगर्दै आज सोही विषयमा लुवाटारमा गठबन्धनको बैठक जारीरहेको जानकारी प्राप्त भएको छ ।
सत्ता गठबन्धन दलबीच आगामी निर्वाचनमा तालमेल गर्ने सहमत भए पनि सिट बाडफाँटको विषयमा भने टुंगो लागिसकेको छैन ।
सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।