इजरायलको गाजामा आक्रमण, १० जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । साउन २१, इजरायलले गरेको आक्रमणमा परी गाजामा १० जनाको मृत्यु भएको छ। उक्त आक्रमणमा परी मारिनेमा प्यालेस्टाइनी शसस्त्र समूहका एक शीर्ष कमाण्डर समेत रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
प्यालेस्टाइनी स्वास्थ्य अधिकारीका अनुसार एक बच्चाको समेत मृत्यु भएको छ । आक्रमणमा अन्य थुप्रै मानिस घाइते भएका छन् ।
इजरायलको आक्रमणपछि प्यालेस्टाइनी क्षेत्रबाट १०० भन्दा बढी रकेट प्रहार भएको छ । उक्त रकेट आक्रमणलाई इजरायली मिसाइल डिफेन्स सिस्टम आयरन डोमले बीचमै नष्ट गरेको जनाइएको छ ।