दुई वर्ष पछि सुरु हुदै गोसाइँकुण्ड मेला

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, जनैपूर्णिमाको अवसरमा आजदेखि रसुवामा गोसाइँकुण्ड मेला सुरु भएको छ । कोरोनाका कारण दुई वर्षसम्म हुन नसकेको मेला यो वर्ष भने सुरु भएको हो । रसुवाको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक भने मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ ।

मेला आउँदो शुक्रवारसम्म चल्ने छ । मेलामा तीर्थयात्री आउने क्रम केही दिन पहिलेदेखि नै सुरु भएको समितिका अध्यक्षले जानकारी दिनुभयो । मेला व्यवस्थापनको सबै तयारी पूरा भएको उहाँले बताउनुभयो ।

यसपटक गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङसहितको साहसिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी आउने गर्छन् । जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत गोसाइँकुण्डमा पर्यटक आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

 

प्रकाशित : 8 August, 2022

प्रतिक्रिया दिनुहोस्