नयाँ फिल्म ‘सायरा’ मा आर्यन अनुबन्धित

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।

नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ फिल्म हो, ‘सायरा’ । उनले आइतबार मात्र निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्रालिसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् ।

उनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेका हुन् । आउँदो असोजबाट छायाङ्कन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायाङ्कन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायाङ्कनको तयारी भइरहेको बताए ।

उनले फिल्मको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन–अप पुरा भएपछि पूर्ण रुपमा जानकारी दिनेछौँ । निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले बताए । उनले फिल्मको कथावस्तु अनुसार नै डायस्पोरामा छायाङ्कन गर्न लागिएको बताए ।

फिल्मको अधिकाँश छायाङ्कन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए । केही फिल्मको तयारीमा रहेका आर्यनले यो फिल्म आउँदो दसैँ र तिहारको समयमा छायाङ्कन गर्ने गरी तयारी गरिरहेका छन् ।

प्रकाशित : 8 August, 2022

प्रतिक्रिया दिनुहोस्