स्वास्थ्य मन्त्रालयको निष्कर्ष, कोरोनाको चौथो लहर नेपालमा अझै एक महिना रहने

काठमाडौं । साउन २३, कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको जानकारी प्राप्त भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीले अनुमान गरेको छ ।
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए अनुसार आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक दुईदेखि आठ हजारसम्म नयाँ संक्रमित थपिन सक्ने आंकलन गरिएको जानकारी प्रापत भएको छ ।
‘अबको दुई हप्ता कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने हाम्रो अनुमान हो,’ डा. अधिकारीले भने ।
उनका अनुसार हिजो र आज दैनिक संक्रमित संख्या एकरु एक हजारभन्दा कम हुदै गएको छ ।
यसै क्रममा संक्रमण तीन हप्तापछि विस्तारै ओरालो लाग्दै जाने आंकलन गरिएको छ । खोप नलाएको वा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको कारण संक्रमणदर बढ्ने हो । अबको एक महिना कठिन हुनसक्छ’, ती अधिकारीले भने, ‘हामीले अहिलेको संक्रमणदरको चक्रलाई आंकलन गरेको हौं । तर, यो तथ्यांक तलमाथि पनि हुनसक्छ ।’