परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै
सहयात्रा टिभी
काठमाडौँ । साउन २४, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन् । उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन् । त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्।
शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता मन्त्री खड्काको पहिलो चीन भ्रमण हो । गत मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए । त्यतिखेर उनले दिएको निम्तो मान्न नारायण खड्का यो साता चीन जान लागेका हुन् ।