मुस्लिम समुदायको सद्भावको पर्व, मोहर्रम आज मनाउदै

काठमाडौं । साउन २४, बाँकेका (नरैनापुर र जानकी) दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी प्राप्त भएको छ ।
नरैनापुर र जानकी गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी प्राप्त भएको छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले मोहर्रमको अवसरमा एक दिन विद्यालय बन्द गरेको छ । स्थानीय पर्वमा बिदा दिने नगर शिक्षा समितिको निर्णयअनुसार यो बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले जानकारी दिनुभयो । यस पर्वमा मुस्लिम समुदाय नयाँ वर्षको अवसरमा खुसीयालीका साथ मनाउने गर्छन् ।
विश्वभरि नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्जमा पनि विगतदेखि नै मनाउँदै आएको मोहर्रम पर्व तथा व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन वारशीले जानकारी दिनुभयो ।
मुस्लिम समुदायको सद्भावको पर्व, मोहर्रम बाँकेमा मनाउदै
काठमाडौं । साउन २४, बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाको नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको जानकारी प्राप्त भएको छ ।