महिला संघको ७५ औँ स्थापना दिवस अर्घाखाँचीको वेद विद्याश्रममा सम्पन्न

काठमाडौँ । साउन २४, अर्घाखाँचीको सन्धिखर्कमा नेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा सिद्धेश्वर शिवालय मन्दिर (पाणिनि वेद विद्याश्रम) मा विशेष कार्यक्रमका साथ सम्पन्न भएको जनाएको छ ।
नेपाल महिला संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सिद्धेश्वर शिवालय मन्दिरमा कार्यक्रम गरी त्यहाँ रहेका बटुक तथा ब्राह्मणहरुलाई भोजनका लागि २५ हजार १ सय ११ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको र कार्यक्रममा बटुकहरुले स्वस्तीवाचन पाठ गरेका जानकारी प्राप्त भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मस्कान) जिल्ला सभापति केशव श्रेष्ठ लगायतले मन्तव्य राख्दै नेपालमा चलेका हरेक परिवर्तनका आन्दोलनमा महिलाहरुको भूमिका प्रमुख रहेको बताए ।
कार्यक्रममा पूर्व सभापति कमलप्रसाद भुसाल, उपसभापति विष्णु भुसाल, बाबुराम पौडेल, सचिव कृष्णप्रसाद खनाल, नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भूमि आयोगका अध्यक्ष यादव प्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधि लक्ष्मी श्रेष्ठ, चन्द्रा गैरे, जिल्ला सदस्य सूर्यप्रसाद भुसाल, नगर सभापति बाबुराम भुसाल, वडा अध्यक्ष माधव श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, जिल्ला उपाध्यक्ष सरिता भुसाल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष भरतमणि भट्टराई, पाणिनि वेद विद्याश्रमका गुरुहरु भेसराज चुँदाली, सुमन्तप्रसाद पोख्रेल, व्यवस्थापन समितिका कृष्णप्रसाद भुसाल, धार्मिक व्यक्तित्व भविश्वर पन्थी लगायतको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ ।