अभिनेता बिपिन अब बलिउड फिल्म ‘एनिमल’मा लुक्स परीक्षणका लागि मुम्बई जाने तयारीमा

सहयात्रा टिभी

काठमाडौं । साउन २४, भारतका अभिनेता रणवीर कपुर, रश्मिका मन्दाना र अनिल कपुरको मुख्य भूमिका रहने बलिउड फिल्म ‘एनिमल’को लागि अभिनेता बिपिन कार्की पनि देखिने भएका छन् । उनले बलिउड फिल्म ‘एनिमल’को लागि आफ्नो डमी पठाएको जानकारी दिएका छन् ।

उनले यसैसाता ‘कवीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगालाई संवादसहितको अडियो डमी पठाएका र त्यस्तै भिडियोको लुक्स परीक्षणका लागि उनी आगामी महिना मुम्बई जाने तयारीमा रहेको जानकारी दिए ।

आफ्नो अडियो डमी पठाएँको र उताबाट यति भए हुन्छ भन्दै प्रशंसनिय र सकारात्मक जवाफ पाएपछि खुशि भएको बताए । रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ छायांकनअघि बिपिन लुक्स टेस्टको लागि मुम्बई जानेछन् ।

तर, रणवीर सिंहको ब्यस्तताको कारण फिल्मको छायांकन एक महिना ढिलाइ भएको कार्कीले बताए । आफूले बलिउडमा राम्रो काम गर्नुपर्ने चुनौति रहेको बताउँदै उनले उद्योगको भविष्यको लागि पनि आफूले मिहेनत गर्नु जरुरी रहेको बताए ।

प्रकाशित : 9 August, 2022

प्रतिक्रिया दिनुहोस्