दया र सौगातको मित्रताको प्रस्तुती ‘२ नम्बरी’ २१ असोजमा रिलिज हुने

काठमाडौँ । साउन २४, सौगात मल्ल र दयाहाङ राईका मित्रताको प्रस्तुती फिल्म ‘२ नम्बरी’को नयाँ प्रदर्शन मिति तय भएको जानकारी प्राप्त भएको छ । निर्माताले मंगलबार दुई नयाँ पोस्टर रिलिज गर्दै आगामी असोज २१ गतेलाई मिति फाइनल गरेका हुन् ।
यसअघि यो फिल्म कात्तिक ४ गते हुने पूर्वनिर्धारित योजना थियो । प्रस्तुतकर्ता किरण नेपालीका अनुसार अब दुई साता अघि नै फिल्म प्रिपोन्ड भएको छ ।
‘आगामी मंसिर ४ गते हुने प्रदेश सभा अन्तर्गतको चुनावमा उनी पनि उम्मेदवारी हुने र चुनावमा सक्रिय हुनुपर्ने भएकाले नयाँ मिति तय गरेको, उक्त मिति पनि खाली भएकाले डेट तोकेको जानकारी दिए ।
दीपेन्द्र लामा निर्देशित फिल्ममा उपासनासिंह ठकुरी र उगेन छोदेन पनि प्रमुख भूमिकामा छन् । भुटानी अभिनेत्रीको यो डेब्यु नेपाली फिल्म हो । फिल्मले मित्रताको कथा पेश गर्छ ।