चीनमा फेरि नयाँ हेनिपाभाइरस फेला पर्यो, ३५ जना बढी मानिस सङ्क्रमित

सहयात्रा टिभी

काठमाडौं । साउन २५, चीनमा फेरि नयाँ भाइरस फेला परेको छ । जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरसको सङ्क्रमण देखिएको ग्लोबल टाइम्सले जनाएको छ ।

यो भाइरसको सङ्क्रमण अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा देखिएको र ३५ जना बढी मानिस सङ्क्रमित भएका जनाईएको छ ।

ज्वरोका बिरामीको घाँटीको स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएका उनीहरु जनावरको सम्पर्कमा रहेका भनिएको छ । यो सङ्क्रमण जनावरबाटै सरेको हुन सक्ने अनुमान गरिएको छ । सङ्क्रमित व्यक्तिमा ज्वरो आउने, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिएको छ ।

ल्यान्ग्या हेनिपाभाइरससमेत भनिने हेनिपाभाइरसको अहिलेसम्म कुनै खोप वा औषधि बनेको छैन । सङ्क्रमितहरुलाई मिल्दोजुल्दो रोगको औषधिमार्फत उपचार गरिने छ । चीनमा यसअघि सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

यो भाइरस अहिले विश्वभर फैलिएको छ भने यसको सङ्क्रमणका कारण कयौँको ज्यान समेत गएको छ ।

प्रकाशित : 10 August, 2022

प्रतिक्रिया दिनुहोस्