विमान दुर्घटनामा मृत्युलाई पनि धोका दिएका बहादुर पाइलट ३६ दिनसम्म घनघोर जंगलमा जिउँदै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
सेनाले २८ जनवरीमा ब्राजिलको पारा राज्यको अलेन्क्वेरबाट विमान उडाएको थियो। शंकास्पद प्राविधिक गडबडीपछि एन्टोनि योले विमानलाई जंगलमा आपतकालीन अवतरण गराएको थियो, लगत्तै उक्त विमान दुर्घटना भयो र उनी बेपत्ता भएका थिए मृत्युलाई धोका दिएका एक जना पाइलट गोही र सर्प भरिएको डरलाग्दो अमेजन जंगलमा ३६ दिनसम्म जीवितै रहन सफल भएको ब्राजिलियन खबरले जानकारी दिएको छ।
३६ दिनसम्म बेपत्ता भएका पाइलट गोही र सर्प भरिएको अमेजनको डरलाग्दो जंगलमा एक महिनाभन्दा बढी समयसम्म चराका अण्डा र जंगली फलफुल खाएर दुर्घटनाग्रस्त भएको विमानका ती पाइलट जीवित रहन सफल भए ।
३६ दिनसम्म बेपत्ता भएका सेना पाइलट (एन्टोनि यो सेना ) उनीलाई हराएको ५ हप्तापछि नाटकीय खोजी र उद्धार अभियानको सहयोगमा सोमबार आफ्नो परिवारसँग पुनर्मिलन भएको छ । सेनाले २८ जनवरीमा ब्राजिलको पारा राज्यको अलेन्क्वेरबाट विमान उडाएका थिए । लगत्तै उनी बेपत्ता भएका थिए । शंकास्पद प्राविधिक गडबडीपछि सेनाले विमानलाई जंगलमा आपतकालीन अवतरण गराएका थिए ।
भाग्यवश उनले विमानको भित्री भागमा आगो लाग्नुभन्दा पहिल्यै केही ब्रेड र अन्य सामग्री भएको एउटा झोला लिन सफल भए । उनी जंगलमा सहयोग खोज्दै भौंतारिँदै रहेका बेला ४ हप्तापछि उनले जंगलमा कटुस बटुल्न गएका केही व्यक्तिहरुलाई फेला पारे । ती स्थानीयले यसबारे खबर फैलाएपछि उनको उद्धार सम्भव भएको थियो ।
ब्राजिलियन खबर द सनका रिपोर्टअनुसार उनको अश्रुमिश्रित पारिवारिक पुनर्मिलन ब्राजिलियन टिभीमा प्रसारण गरिएको थियो । लगत्तै उनलाई अस्पतालमा भर्ना गरियो । उद्धारपछि भावुक बनेका एन्टोनियोले भने ‘यो अवधिमा मलाई बलियो राख्ने र मलाई त्यो कठिन परिस्थितिबाट बाहिर निकाल्न हिम्मत दिने कुरा भनेको मेरो परिवारका लागि मभित्र भएको प्रेम र मेरो परिवारलाई भेट्ने मेरो तीब्र इन्चा थियो । यो प्रेम र विश्वासको कथा हो ।’
सेनाका अनुसार उनले पहिलो हप्ता आफ्नो जलेको विमानको छेउमै बसेर बिताए । त्यो समयमा खोजी र उद्धार टिमका हेलिकप्टर र जहाजहरु आकाशमा घुमिरहे तर उनलाई फेला पारेनन् । त्यसपछि उनी सहयोग खोज्न हिँड्न थाले । त्यो दिन शनिबार थियो जुन दिन उनले जंगलमा कटुस बटुल्न आएकाहरुलाई फेला पारे जसले बाहिर सन्देश पठाए । त्यसपछि उनले ती व्यक्तिहरुको सहयोगमा आफ्नो आमालाई आफू जीवितै भएको बताउँदै फोन गर्न पाए । त्यतिबेला बल्ल आफू बाँच्न सक्छु भन्ने महसुस भएको उनले सुनाए ।