गोरखा, कास्की र लमजुङका आसपासमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । साउन २६, आज गोरखा, लमजुङ र कास्कीका आसपासमा साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरिएको सुचनाका आधारमा जानकारी प्राप्त भएको छ ।
बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज गोरखा, कास्की र लमजुङका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
कोसी, नारायणी, महाकालीलगायत ठूला नदीमा भने आज पनि पानीको सतक सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।