भारतमा प्रधानमन्त्री को बन्नला त? नितिश उम्मेदवारको रूपमा चर्चीत

काठमाडौं । साउन २६, बिहारमा भाजपासँगको सम्बन्ध तोडेर जनता दल (युनाइटेड) र राष्ट्रिय जनता दलको संयुक्त सरकार बनाउने दाबी गरेपछि नितिश कुमार फेरि राष्ट्रिय राजनीतिमा बलियो दावेदारका रूपमा उभिएको देखिएका छन्। योसँगै फेरि एकपटक विपक्षी दलको प्रधानमन्त्री उम्मेदवारको रूपमा उनको चर्चा चलेको जानकारी प्राप्त भएको छ ।
कुनै समय नितिशलाई प्रधानमन्त्रीको भावी उम्मेदवारको रूपमा हेरिन्थ्यो । सन् २०१४ भन्दा पहिले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिरहँदा नितिश कुमारले उनको विरोध गर्दै भनेका थिए( ‘देशको प्रधानमन्त्री धर्मनिरपेक्ष र उदारवादी हुनुपर्छ ।’