केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामुद्रिक कछुवा लोपउन्मुख, पोथी मात्र जन्मिरहे चिन्ताजनक स्थिति

सहयात्रा टिभी

काठमाडौं । साउन २६, अमेरिकाको फ्लोरिडामा कछुवाको एक अस्पताल छ, उक्त कछुवा अस्पतालका वैज्ञानिकहरु अहिले सकसमा छन्। किनकी पछिल्लो चार वर्षदेखि उक्त क्षेत्रमा केवल पोथी समुद्री कछुवा मात्रै जन्मिरहेका छन् ।

यदि संसारमा कुनै पनि प्रजातिको केवल पोथी जीवमात्रै पैदा भयो भने के होला ? यो निकै चिन्ताजनक स्थिति हो । प्राकृतिक रुपमा भाले र पोथी एक अर्काका लागिबनेका हुन् ।

उनीहरु मिलेर आफ्नो प्रजातिलाई अगाडि बढाउने काम गर्दछन् । तर केवल पोथी वा भाले मात्र भएमा प्रजाति नै लोप हुने स्थिति बन्न सक्दछ ।

युनिभर्सिटी अफ एक्स्टरका इकोलोजिस्ट लूसी हक्सका अनुसार सामुद्रिक कछुवाका ७ वटा प्रजाति छन् । जसले तापक्रम बढ्दै जाँदा पोथी बच्चामात्रै पैदा गर्न थालेका छन् । लुसीले यस विषयमा सन् २००७ बाटै अध्ययन गर्दै आएकी छिन् । वैज्ञानिकहरुका अनुसार पोथी कछुवामात्रै जन्मिनुको कारण जलवायु परिवर्तन र बढ्दो तापमान हुन सक्दछ ।

यसले अण्डाभित्रको भ्रुणमा लिंग परिवर्तन भैरहेको वैज्ञानिकहरुको अनुमान छ। यहीँ प्रकारले यदि सामुद्रिक कछुवाका पोथी बच्चा मात्रै जन्मिए भने यो प्रजातिको वंश विनाश हुने देखिन्छ ।

यो प्रक्रिया केवल त्यहाँमात्र नरहेर विश्वभर नै देखिएको उनको भनाई छ । सन् २०१८ मा गरिएको एक अध्ययनले पूर्वी अष्ट्रेलियामा ९९ प्रतिशत कछुवाका बच्चा पोथी नै जन्मिने गरेको देखाएको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित : 11 August, 2022

प्रतिक्रिया दिनुहोस्