समस्यालाई आपसी समाधान गदै विश्व बजारमा शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन जोड : प्रधानमन्त्री

काठमाडौं । साउन २६, प्रधानमन्त्री देउवाले विश्वविद्यालयको समस्यालाई आपसी समाधान गदै, शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन प्राध्यापकहरू प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

आज बिहीवार काठमाण्डौमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ६० औँ वार्षिक दिवस र हीरक महोत्सव तथा नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी मा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको जानकारी प्राप्त भयो ।
कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने उहाँको भनाइ रहेको र विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताउनुभयो ।