नेपाली र हिन्दी भाषामा ‘प्रेमगीत ३’को टिजर सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । साउन २८, बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को नेपाल र हिन्दी दुवै भाषाको टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् फिल्मको टिजर सार्वजनिक गरेको हो।

टिजरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र किष्ट्रिना गुरुङ समेटिएका छन्। टिजरमा खड्का अभिनित पात्र प्रेमले आफ्नो प्रमिका गीत वा राजगद्दीमध्ये एक छान्नुपर्ने बाध्यताको विषयलाई समेटिएको छ। १ मिनेट लामो टिजर अभिनेता खड्काकै वरिपरि घुमेको छ। टिजरमा प्रेम र द्वन्द्वको समिश्रण देखाइएको छ।

फिल्मको टिजर सार्वजनिक भएको जानकारी दिँदै फिल्मका निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। उनी लेख्छन्, ‘अन्ततः हामीले आज हिन्दी र नेपाली टिजर सार्वजनिक गरेका छौं। तपाईंहरुको प्रतिक्षाका लागि हार्दिक आभार व्यक्त गर्दछु।’

सन्तोष र छेतेन गुरुङको निर्देशनमा बनेको यो फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउँदै छ। प्रदिप र कृष्टिनासँगै मनिष राउत, प्रेम पुरी, सुनिल थापा, शिव श्रेष्ठलगातका कलाकारको अभिनय फिलममा रहेको छ।

फिल्म असोज ७ गतेबाट नेपाल र भारतसँगै अन्य देशमा प्रदर्शन हुँदै छ।

नेपाली टिजर

हिन्दी टिजर

 

प्रकाशित : 13 August, 2022

प्रतिक्रिया दिनुहोस्