आगामी निर्वाचनका लागि १० अर्ब खर्च हुने आयोगको अनुमान
सहयात्रा टिभी
काठमाडौँ । साउन २९, आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ ।
निर्वाचन आयोगले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताएका हुन् । सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको जनाएको छ ।
सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको पनि जनाएको छ । आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको र मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।